एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी हुनुभएको छ । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी हुनुभएको हो।

यही बीचमा नेपाली काँग्रेसको १४ औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन । देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो । ओलीले देउवालाई हातमा समातेर लग्नुभएको थियो ।

त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । नेपाली काँग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उहाँले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्नुहुन्थ्यो। तर, आफैं जानुभयो । एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाउनुभएको छ।

उहाँ काँग्रेसको १४ औं महाधिवेशनमा आफैं उपस्थित हुनुभएको थियो । आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुनुभएकोे छ । एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर जानुभएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बन्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार