
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले शोषित पीडित महिलाको मुद्दामा गम्भीर रहेको बताउनुभएको छ । बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ को तेस्रो सत्र ‘महिला श्रमिकका मुद्दा’ मा बोल्दै सांसद संग्रौलाले विभेदकारी अन्त गर्न छुटै नीति बनाउनु पर्ने बताउनुभयो ।
‘घरेलु कामदारका रुपमा विदेश पठाउनेमा सेटिङ हुन्छ भन्ने सुनेको छु । रेस्ट्रिक्सन विभेदकारी छ । शोषित, पीडित महिलाका मुद्दामा हामी गम्भीर छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि बेग्नै नीति हुनुपर्छ । गन्तव्य मुलुकसँग समझदारी हुनुपर्छ ।’ वैदेशिक आप्रवसानमा महिलालाई प्रतिबन्ध लगाइएकोमा नेपाली जगतमा तरंग, बहस, प्रश्न सिर्जना गरेको बताउनुभयो। ‘गन्तव्य मुलुकमा घरेलु कामदारका रुपमा दिएको भए हुन्थ्यो भन्ने एक थरि, अर्काले असुरक्षित हुन्छन् भनिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘महिलालाई ब्यान्ड गर्नु विभेद हो ।’ ekantipurबाट