
काठमाडौँ । कम्युनिस्ट नेता साध्यबहादुर भण्डारीले नेपालमा रहेका क्रान्तिकारी शक्ति तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिकै कारण प्रतिक्रियावादीहरुले पटकपटक अवसर पाउने गरेको बताउनुभएको छ । साथै उहाँले स्वयं वाम आन्दोलनभित्रका साम्राज्यवाद एव् अन्य प्रतिक्रियावादको पिछलग्गु हुने प्रवृति नेपाली कम्युनिस्ट आन्दोलनको बाधक भएको दावी गर्नुभएको छ ।
शुक्रबार नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा प्रस्ताव सार्वजनिक गर्दै भण्डारीले नेपालमा मूलत :तीन प्रकारका कम्युनिस्ट धारा देखा परेको बताउनुभएको छ । ‘क्रान्तिकारीको नाममा देखा परेको जडसुत्रवादी धारा, वामपन्थी देशभक्त धारा र अति दक्षिणपन्थी वा दक्षिणपन्थी धारा हुन्’, भण्डारीले भन्नुभएको छ ।
उहाँले आजको युगमा साम्राज्यवाद, एकाधिकार पुँजीवाद र नोकरशाही पुँजीवादको दलाली नगरी दक्षिणपन्थी धारा नफस्टाउने र टिक्न नसक्ने पनि बताउनुभएको छ । ‘यो धाराको खतरा प्रवल छ भने प्रतिकृयावादी धारासँग नै वामपन्थी देशभक्त धारा वा समाजवादी धारावीचको अन्तरविरोध प्रखर रहेको छ’, भण्डारीको निष्कर्ष छ । उहाँले वामपन्थी आन्दोलन आज नराम्ररी थिलथिलो हुनेगरी विभाजित भएको पनि बताउनुभएको छ । ‘यसभित्र प्रतिक्रियावादीको घुसपैठ पनि गम्भीर छ’, भण्डारीको भनाइ छ । रातोपाटीबाट