माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताउनुभएको छ ।महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताउनुभएको हो ।

‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ । महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भयो,’ उहाँले भन्नुभयो, ’प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’

प्रचण्डले फेरि थप्नुभयो, ’मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार