माओवादी केन्द्रसँग ६६ करोड सम्पति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको छ । त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ । यो वर्ष ६९ लाख आम्दानी भएको उल्लेख छ । लेखा आयोगका अनुसार गत वर्ष ५४ लाख आम्दानी भएको छ । आयोगले प्रतिवेदनमा माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि उल्लेख गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार