नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन

धनिलाल गर्बुजा
गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअको रुपमा अध्यापनरत हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल ,महिला उपाध्यक्षमा रमा पौडेल ,सचिवमा बिष्णु रेग्मी ,सचिव अर्थमा गिता फगामी ,सहसचिवमा प्रेम बहादुर थापा ,सह–सचिव महिलामा सन्तुकुमारी पुन ,सह–सचिव अर्थमा दिलिप थापा ,सह–सचिव समावेशीमा दिलकुमारी थजाली ,सह–सचिव समावेशीमा देवराज गर्बुजा र सह–सचिव अर्थ महिलामा पोमाया पुन चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा शुसिला शेरपुञ्जा ,हिरा छन्त्याल ,ललिता विक ,जमुनादेबी शर्मा ,खिमकुमारी शर्मा ,सविना थापा ,लकवकुश थापा ,दालिमा पुर्जा ,नौलि थजाली ,थानमाया गर्बुजा ,तारा गर्बुजा ,लोकेन्द्र्र बहादुर खड्का ,साधनाकुमारी मल्ल,खड्क गर्बुजा र निर्मला खड्का चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सामाजिक ,राजनितिक परिवर्तजनका लागि शिक्षकको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । निर्वाचनमा शिक्षक संघको भुमिका महत्वपुर्ण भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।


समाजका हरेक सामाजिक तथा राजनिक विकृतीहरुलाई निरुत्साहित गदै सुन्दर समाज निर्माण गर्न शिक्षक संघ जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।विविध कारण आफुले निर्वाचनमा पराजय भोगेको स्मरण गर्दै सभापति गर्बुजाले पराजित हुँदा जिल्ला विकास निर्माणमा पछाडी परेको बताउनुभयो । उहाँले आगमी निर्वाचनमा पार्टीलाई जिताउन शिक्षक सहित सबै एक भएर लाग्न निर्देशन दिनुभयो ।युवाहरुलाई व्यवसायीक बनाउन कांग्रेसको ‘गरी खाने’अभियानमा सहभागि हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारी,नेपाल शिक्षक संघ गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री  शिक्षक सफलताको शुभकामना व्यक्त गर्नुभयो । बालबालिकाको सुन्दर भविश्य निर्माण गर्न शिक्षकको भुमिका महत्वपुर्ण भएको उल्लेख गर्नुभयो । शिक्षकहरु आफ्नो पेशाप्रति इमान्दार भएर लाग्न आग्रह गर्नुभयो । उहाँहरुले शिक्षक समाजको अगुवा भएकाले समाजमा भएका हरेक कुरिती ,अन्धविश्वास र विकृतीलाई निरुत्साहित गर्दै सुन्दर समाज गर्न निर्माणमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल , रघुगंगा गाउँपालिका अध्यक्ष तथा प्रदेश ‘क’का उपसभापति भवबहादुर भण्डारी ,गाउँपालिका उपाध्यक्ष कमला तिलिजा , नेपाल तरुणदल म्याग्दीका अध्यक्ष तथा महाधिवशेन प्रतिनिधि मुकुन्द छन्त्याल ,सोही गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि जीवनकुमार मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष तथा कांग्रेस गाउँपालिका सभापति मनकुमार शेरपुजा ,वडा नम्बर ४ का वडा अध्यक्ष रुकबहादुर गर्बुजा , शिक्षक संघ मंगला गाउँपालिका अध्यक्ष टेकबहादुर राम्जाली  लगायतले बोल्नुभएको थियो । शिक्षक संघ रघुगंगा गाउँकार्यसमितिका निवर्तमान अध्यक्ष युबहादुर गर्बुजाको अध्यक्षता ,उपाध्यक्ष पुनको स्वागत तथा निवर्तमान याम शेरपुजाले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अर्थ सचिव बिजय शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीको जनसंख्या घट्यो

बेनी । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३७२ पुगेको छ । १० वर्षयता म्याग्दीमा बसोबास गर्ने जनसंख्या केही घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा पुरुषको…

thumbnail

राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान

पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो…

thumbnail

बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर

म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य…