माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङ इन्ट्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैनन् । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन ।

नेताहरुका अनुसार महासचिवमा बलियो दावेदार मानिएका वर्षमान पुन र जर्नादन शर्माको सम्भावना कमजोर बनेको छ । दुबै नेताको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै प्रचण्डले तेस्रो विकल्पमा जान सक्ने संकेत गर्नुभएको छ । पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो । महाधिवेशन सकिने क्रममा एकाएक महासचिवमा शक्ति बस्नेतको नाम चर्चामा आयो ।

यसअघि पुन र शर्माको हानथाप हुँदा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डले बस्नेतलाई गृहमन्त्री बनाउनुभएको थियो । केन्द्रीय सदस्यहरुको चयनका क्रममा बस्नेतको दौडधुप पनि देखिएको थियो । तर अब महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको माओवादी उच्च स्रोतको दाबी छ । ‘सिनियर र जनजाति पनि भएकाले गुरुङजी महासचिव हुने सम्भावना छ’ एक नेता भन्छन्, ‘तर अहिले यसै हुन्छ भन्न गाह्रो छ ।’अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार