थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख १२ हजार ६ सय ६४ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार