गण्डकीमा राष्ट्रियसभा सदस्यको ३ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा

कास्की । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले र काँग्रेससहितका गठबन्धन दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उमेदवार बनाएको छ भने दलित कोटामा स्याङजाका अर्जुनकुमार सोनाम उमेदवार बनेका छन् । त्यसैगरी गण्डकीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार चयन गरिएको छ । गठबन्धनका तर्फबाट साझा उमेदवार चयन गर्दा एमाले भने एक्लै चुनाव लड्दै छ ।

गण्डकीमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तर्फबाट २ र काँग्रेसलाई १ जनाको भागबन्डा लगाइएको छ । माओवादीका तर्फबाट खुलामा तनहुँका सुरेश आलेमगर र दलित कोटामा भुवन सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसका तर्फबाट महिला कोटामा गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाउने निर्णण गरेको छ । गण्डकीमा प्रदेश सभातर्फ एमालेको सबैभन्दा धेरै मत रहेको छ । प्रदेशसभामा २७ सांसद रहेका एमालेको १ हजार २ सय ९६ मतभार रहेको छ ।

१५ सांसद रहेको कांग्रेससंग ७ सय २० मतभार छ भने १२ सांसद रहेको माओवादीसँग ५ सय ७६ मत रहेको छ । त्यसैगरी जनमोर्चा र जनता समाजवादीसँग ९६.९६ मत रहेको छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधिको तर्फबाट १ हजार ४ सय १८ मतभार रहेको छ । त्यस्तै एमालेका ७० जना जनप्रतिनिधिका तर्फबाट १ हजार २ सय ६० मत रहेको छ ।

माओवादीका १२ जना जनप्रतिनिधिको तर्फबाट २ सय १६ मत रहेकोछ । गण्डकीमा जनमोर्चाका ३ जनप्रतिनिधिको ५४ र राप्रपाका २ जनप्रतिनिधिका तर्फबाट ३६ मत रहेको छ । गण्डकीमा एकल हिसाबमा सवै भन्दा धेरै एमालेसँग २ हजार ५ सय ५६ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । गण्डकीमा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

कांग्रेस, माओवादी र समाजवादी लगायतका दलका तर्फबाट गठबन्धन बनाएकाले उनीहरुको तर्फबाट ३ हजार १ सय ७६ मतभार हुने भएकाले गठबन्धनले चुनाब जित्ने निश्चित छ । गण्डकीमा माओवादीबाट निर्वाचित सांसद दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदावधि सकिएकाले उनीहरुको ठाउँमा निर्वाचन हुन लागेको होे । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार