राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

कास्की । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो। ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार