नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको यहि पौष २३ गतेदेखि सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरी बाट ४५० जना प्रतिनिधि चयन भएका छन ।

प्रतिनिधिहरु पार्टीका संगठित सदस्यका आधारमा खुल्ला, महिला, दलित तथा जनवर्गीय संगठनहरुबाट चयन गरिएको हो । अधिवेशन सफल पार्नका लागि बिभिन्न उपसमितिहरुले तयारीलाई तिव्र बनाएका छन् । ¥यालि व्यवस्थापन, सचिवालय व्यवस्थापन, मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, भोजन तथा आवास व्यवस्थापन, सामग्री व्यवस्थापन, स्वयमसेवक व्यवस्थापन लगाएतका उपसमितिहरुले तिव्रताका साथ आफ्नो तयारी गरिरहेका नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सुरज केसीले जानकारी दिनुभयो ।

अधिवेशनमा पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले राजनीतिक तथा सांगठनिक र सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने बताइएको छ । जिल्लामा वडा तथा पालिका अधिवेशनहरु सर्वसम्मत रुपमा यस अघि नै सम्पन्न भई सकेका छन । प्रतिनिधि छनौट पनि सवै वडामा सर्वसम्मत रुपमानै भएको छ । जिल्ला अधिवेशन पनि सर्वसहमतिमै सम्पन्न गर्ने गरि छलफल भईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार