मेरो इम्युन सिस्टम शून्य छ, परम्परागत ज्ञानकै कारण संक्रमित भएको छैन : ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताउनुभएको छ। तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उहाँको भनाइ छ ।

संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरको बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी हुनुहुन्थ्यो । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताउनुभयो । “मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ ।

औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौँको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर, पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भन्नुभयो । उहाँले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उहाँको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उहाँले भन्नुभयो । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार