संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ : पौडेल

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताउनुभएको हो । उहाँले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिनुभयो ।

उहाँले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाई हो । सबै नेताहरुलाई मैले अनुरोध गर्या छु । सहमति, सम्झौताको बिन्दु खोजौँ । कुनै न कुनै सहमतिको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जति पनि अवरोधहरु छन् । सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्यो भन्ने कुरा मैले गरें ।

मैले १५र१६ बुँदे एउटा सुझावपनि प्रस्तुत गर्या छु भोलि त्यसमा छलफल हुन्छ । उहाँले अलिअलि दुःखेसो, गुनासोहरु गर्नुभएको छ । तिनका बाबजुद पनि त समाधान त चाहियो । निकास त चाहियो नि जसरी पनि भन्नेकुरा मेरो छ ।’ संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताउनुभयो । आफुले सुझावहरु समेत पेश गरेको भन्दै उनले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार