पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाका कारण स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।

केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले भन्नुभयो, ‘अरु कारण केही छैन ।’माओवादीको पुस १८ गते सकिएको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । सोही कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन भएका थिएनन् ।

२५ गते बस्ने बैठकले उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारी छनोट गर्ने नेताहरुले बताएका थिए । २५ गतेको बैठक स्थगित भएसँगै माओवादीका अन्य पदाधिकारी चयनमा पनि ढलाई हुने भएको छ । माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार