थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ९७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख १४ हजार ६ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार