संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताउनुभयो।उहाँले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताउनुभयो । तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन,’ उहाँले भन्नुभयो।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ मा शनिबार भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। महिलाद्वारा सञ्चालित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना उपस्थित वक्ताले गरेका थिए । साथै सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्य चौकी भवनको शिलान्यास पनि गर्नुभएको थियो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार