कोरोना संक्रमणको अवस्था हेरेर आवश्यक परे शैक्षिक संस्था बन्द गर्नुपर्छ : महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले आवश्यकता हेरेर शैक्षिक संस्था केही समयका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका महरले बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो। थारू विद्यार्थी संघ केन्द्रीय समितिले गरेको अन्तरक्रियामा उहाँले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगाउन सरकारले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताउनुभयो।

केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा कोरोना जोखिमको अवस्था हेरेर शैक्षिक संस्था केही समय बन्द गर्न सकिने उहाँको भनाइ थियो । उहाँले कोरोना फेरि बढेकोले राजनीतिक दलले पनि भेला तथा आमसभा जस्ता कार्यक्रम गर्न नहुने बताउनुभएको छ । साथै उहाँले बालबालिकामा कोरोनाविरूद्ध खोप छिटो लगाउनुपर्ने पनि बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार