विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

एजेन्सी । विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

२४ घन्टामा ४,७७१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । यसैगरी विश्वभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख नाघेको छ । ​विश्वभरीमा हालसम्म कुल संक्रमितको संख्या ३०.५९ करोड, निको भएकाको संख्या २५.८९ करोड, सक्रिय संक्रमित ४.१५ करोड, कुल मृत्यु ५५.०२ लाख रहेका छन् । एएफपीको आंकडा अनुसार १ देखि ७ जनवरीको बीच दैनिक २१ लाख ६ हजार ११८ नयाँ संक्रमित देखिँदै आएका छन् ।

यसमा २३ देखि २९ डिसेम्बरको सातामा दैनिक औसत १० लाख नयाँ कोरोना संक्रमित देखिँदै आएका छन् । लगभग १० दिनमा दुई गुणाको वृद्धि भएको छ । यसमा कोरोनाको डरलाग्दो अवस्था देखिँदै आएको छ । नोभेम्बरको अन्तिम दिनमा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेपछि कोरोनाको नयाँ संक्रमितमा २७० प्रतिशत सम्म वृद्धि भएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार