दिल्लीमा लकडाउन हुँदैन : केजरीवाल

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिनुभएको छ । तर यसका लागि उहाँले एउटा शर्तसमेत राख्नुभएको छ । उहाँका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन ।

केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गर्नुभएको छ । यसका साथै उहाँले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिनुभयो । उहाँले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो, त्यसपछि म निको भएँ । म तपाईंहरुको सेवामा पुनः हाजिर छु ।’

उहाँले दिल्लीमा कोरोनाको स्थितिबारे कुरा गर्दै भन्नुभयो, ‘दिल्लीमा कोरोनाको गती तीब्र रुपमा बढिरहेको छ, त्यसको विषयमा म चिन्तित थिएँ र सबै अधिकारीसँग सम्पर्कमा थिएँ । आज बेलुका २२ हजार कोरोना संक्रमित भेटिन सक्छन् । तीब्र रुपमा संक्रमित बढिरहेका छन् तर डराउनुपर्ने कुरा छैन । यो म आँकडाको अध्ययनको आधारमा भनिरहेको छु ।’ पछिल्लो लहरमा अघिल्लो वर्ष ७ मेमा २० हजार संक्रमित भेटिएका थिए र ३४१ जनाको मृत्यु भएको थियो तर हिजो जब २० हजार संक्रमित भेटिए तब ७ जनाको मृत्यु भयो । यो लहरमा कम मृत्यु भइरहेको छ ।

मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने अवस्था कम छ ।’ डराउनु पर्दैन तर जिम्मेवारीका साथ काम भने गर्नुपर्छ । मास्क लगाउन असाध्यै जरुरी छ । हामी लकडाउन लगाउँदैनौँ यदि तपाईंहरुले मास्क लगाउनुहुन्छ भने । दिल्लीमा लकडाउन लगाउने कुनै योजना छैन । मानिसको रोजगार चल्न सकोस् भनेर निकै कम प्रतिबन्ध लगाउने हाम्रो कोसिस छ ।’ ‘अघिल्लो वर्ष अप्रिलमा हामीले कोरोनाको लहर पार गरेका थियौँ, यसपटक पनि पार गर्नेछौँ । धेरैभन्दा धेरैले कोरोनाको भ्याक्सिन लगाउनुहोस्,’ उहाँले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार