मेरो समकक्षी साथीहरूप्रति मलाई दिक्क लाग्छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले राजनीतिक समकक्षी साथीप्रति आफुलाई दिक्क लाग्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले मुलुकको नेतृत्व राजनीतिज्ञले गर्ने उल्लेख गर्दै समकक्षी राजनीतिज्ञप्रति आफूलाई दिक्क लाग्ने बताउनुभयो ।

‘राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो । राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो’ भट्टराईले भन्नुभयो, ‘तर, मेरो समकक्षी साथीहरूप्रति मलाई बडो दिक्क लाग्छ ।’ मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको टिप्पणी पनि गर्नुभयो ।

विकास र समृद्धिको काम गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने उहाँको भनाई छ ।कर्चचारीतन्त्रलाई परिचालन गरेर अघि बढ्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । छरछिमेकमा आएको परिवर्तन र अन्तर्राष्ट्रिय परिस्थितिलाई आकलन गरेर अर्थतन्त्रका क्षेत्रहरूबीचमा सन्तुलन मिलाउनुपर्ने भट्टराईको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार