कमल थापाद्धारा ‘राष्ट्रिय एकता अभियान’ स्थगित

काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सुरू गर्न लागेको राष्ट्रिय एकता अभियान स्थगित गर्नुभएको छ । उहाँले यही पुस २७ गतेदेखि राष्ट्रिय एकता अभियान गर्न लाग्नुभएको थियो । उक्त अभियान केही समय रोक्न राप्रपाका नेताहरूबाटै सुझाव आएकोले अहिलेका लागि स्थगित गरिएको उहाँको भनाइ छ।उहाँले अहिले कोरोना बढ्दै गएकोले पनि अभियान हालका लागि स्थगित गरिएको बताउनुभएको छ ।

पुस २७ गते सुरू गर्न लागिएको ‘राष्ट्रिय एकता अभियानु केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उहाँले फेसबुकमा लेख्नुभएको छ । थापा हालै भएको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार