नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला सदरमुकाम बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो । यसैगरी उपाध्यक्षमा बालकृष्ण सुवेदी , सचिबमा सुरत केसी ,उपसचिवमा थमसरा पुन र राजकुमार थापा चयन हुनुभएको छ ।

अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै निवर्तमान जिल्ला सचिब समेत रहनुभएका अध्यक्ष पदका पत्यासि सुवेदीले केसीलाई आफुले अध्यक्ष पदमा समर्थन जनाएको घोषणा गर्नुभएको छ । निर्वाचन मण्डलले औपचारिक रुपमा निर्वाचित पदाधिकारीहरु घोषणा गरी प्रमाणपत्र वितरण गर्ने जनाईएको छ । एमाले अध्यक्ष्मा निर्विरोध हुनुभएका केसी जिल्ला समन्वय समितिको प्रमुख समेत हुनुहुन्छ ।

आदर्श मावि रिमको प्रअबाट राजीनामा दिएपछि २०५४ देखि पूर्णकालिन राजनीतिमा लाग्नुभएका केसीले एमालेको तत्कालिन गाउँ कमिटि र ईलाका कमिटीको सचिब पदमा रहेर काम गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक भगवती गाविसको अध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको थियो ।

३३ बर्षको उमेरमा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका केसीले तत्कालिन गाविस महासंघको जिल्ला सचिब पदमा रहेर समेत काम गर्नुभएको थियो । विद्यार्थी र युवा संगठन हुँदै २०५७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएका केसी त्यसपछि सचिबालय सदस्य हुँदै लगातार दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार