माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरिएको छ ।आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयोे ।

विद्यालय बन्द गर्दा संक्रमणको चेन ब्रेक गर्ने उहाँले अपेक्षा व्यक्तच गर्नुभयो । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको उहाँले जानकारी दिनुभयो ।बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार