अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभएको छ । कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताउनुभएको थियो।

शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताउनुभयो। एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ,’ उहाँले भन्नुभयो। उहाँले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ लक्षित गर्दै अबको निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो ।

‘एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ। अबको निर्वाचनमा उहाँ (सिटौला) लाई उच्च मनोबलका साथ जिताउनै पर्छ,’ उहाँले भन्नुभयो। कांग्रेसलाई जित्ने मात्रै सोच नभई देश चलाउनुपर्ने दायित्व रहेको दाबी गरेका शर्माले अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बताउनुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार