अब कुनै हालतमा मुलुकले लकडाउनको बाटो रोज्नु हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताउनुभएको हो ।

सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरे पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताउनुभयो ।अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् ।

सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माले भन्नुभयो । यस्तै, तरलता अभावकै बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा समेत कमी गर्न मन्त्री शर्माले निजी क्षेत्रसँग आग्रह गर्नुभयो। जहाँ पुँजीगत खर्चको कुरा छ, त्यसमा अन्य मन्त्रालयहरुले खर्च नगरिदिँदा, कमजोर र धीमा कर्मचारीतन्त्रका कारण समस्या परिरहेको मन्त्री शर्माले बताउनुभयो । यसमा अर्थमन्त्रालयको निकै जोडबल रहेको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार