फागुनमा चुनाव नगरेर यो सरकार कर्मचारीबाट स्थानीय तह चलाउन खोज्दैछ : ‌ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको दाबी गर्नुभएको छ।फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उहाँको भनाइ थियो।

संखुवासभामा आज जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावमा जान सरकार डराएको आरोप पनि लगाउनुभयो । यो सरकार चुनावमा जान डराइरहेको छ। कानुनअनुसार स्थानीय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो तर चुनाव हुने कुनै सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ।’

उहाँले स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन सरकारले खोजिरहेको दाबी गर्नुभएको थियो।‘कर्मचारीलाई स्थानीय तह जिम्मा लगाउने र जनप्रतिनिधिविहीन गर्ने षड्यन्त्र भइरहेको छ। पहिले पनि कर्मचारीले स्थानीय तह चलाउँदा पंगु भएको थियो,’ उहाँले भन्नुभयो। ०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन ०७४ मा भएको उहाँले बताउनुभयो । उहाँले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी पनि गर्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार