कोरोना बढेपछि प्रतिनिधि सभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित

काठमाडौँ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले पुस २८ गते बुधबारका लागि डाकेको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो।

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोलेसनमा बसिरहेका छन्। विशेष कारण भने पनि संसद सचिवालयले कोरोनाकै कारण बैठक स्थगित गरिएको जनाएको छ । सचिवालयले माघ ३ गतेको बैठकअघि सांसदहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ।

साथै सचिवालयले सांसदहरूलाई कोरोनाको बुस्टर डोज खोप दिनेबारे समेत छलफल गरिरहेको छ। ‘विजनेस पनि खासै छैन। त्यसमाथि अवरोध कायमै छु, संसद सचिवालयका एक उच्च अधिकारीले भन्नुभयो, ‘कोरोना फैलिरहेको बेला बैठक गरेर भिडभाड गर्नु पनि उपयुक्त हुन्न।’प्रतिनिधि सभाजस्तै राष्ट्रिय सभाको बैठक पनि माघ ३ गतेसम्मका लागि स्थगित भइसकेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार