खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो ।

तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिनुभयो । सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ । नेताहरुले निर्वाचन मण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाइरहेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार