प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानीयाँ

म्याग्दी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन हुनुभएको छ ।१५ सदस्यीय कार्य समितिमा १ सदस्य पछि मनोनित गरिने अध्यक्ष बानीयाँले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार