कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ ।

यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो। पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार