बेनीमा योग दिबस मनाइयो

बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो ।

“नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले भन्नुभयो “पछिल्लो समय योगप्रतिको सकारात्मक बुझाई र आकर्षणसँगै राज्यले पनि योगलाई प्राथमिकता दिएको छ ।”

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले योग सम्बन्धी ज्ञान घरघर र ब्यक्तिब्यक्ति सम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । योगको प्रर्वद्धन गर्न सकेमा अस्वस्थकर खानपान र ब्यवहारका कारण हुने नसर्ने रोगको समस्या न्युनीकरण गर्न सकिने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

योग प्रशिक्षक तथा नबिन आनन्द योग केन्द्रका सुरेन्द्रराज शर्माले बेनीमा योगप्रति आकर्षण भएपनि सामुहिक योग प्रशिक्षण सञ्चालन गर्ने ठाउँको अभाव भएको बताउनुभयो । कार्यक्रममा योग अभ्यासको नमुना पनि प्रर्दशनी गरिएको थियो ।

जिल्ला आयुर्वेद केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जिबनबहादुर बिश्वकर्माको अध्यक्षता, कबिराज दामोदर शर्माको सञ्चालन र निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कोरोनाको जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दिवस मनाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार