राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं । भोलि (सोमबार) दिउँसो तीन बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

यसअघि पनि राष्ट्रिय सभा बैठक सूचना टाँस गरेर स्थगित हुने गरेको थियो । बैठक स्थगित गर्नुपर्नाको कारण खुलाइएको छैन। पछिल्लो समय दलका नेता तथा सांसदहरूमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल पनि कोरोना संक्रमण भएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार