
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ०७२ मा गएको भूकम्पपछिका अनुभवले मुलुकमा बलियो भवनलगायत संरचना निर्माण भएको बताउनुभएको छ।
भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको पनि उनले बताए।भूकम्पपछि नेपालमा दक्ष जनशक्ति तयार भएकोसमेत उहाँले बताउनुभयो ।भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगले बलियो र सुदृढ संरचना बनाउन सफल भएको छ,’ २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो।
साथै भूकम्पपछि विपद व्यवस्थापन, राहत तथा उद्धार र विपद प्रतिकार्यमा गर्नुपर्ने कामबारे अनुभव प्राप्त भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भवनलगायत संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिताको पूर्ण पालना हुनुपर्ने पनि बताउनुभएको छ । गुणस्तरीय भवन निर्माण गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो । यसका लागि तीनै तहका सरकारबीच सहकार्य जरूरी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सेतोपाटीबाट