थप ४९६१ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार१५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार