झाक्रीको सय दिने अनुभव, ‘सबैभन्दा ठुलो समस्या समन्वय अभाव’

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक–अर्काबीचको समन्वय अभाव पाएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले आफू मन्त्री भएपछि सबैभन्दा ठुलो समस्या समन्वयको भएको पाएको बताउनुभयो। अहिले देशमा तीन तहको सरकार रहेको छ । तीन तहको सरकारको बीचमा अहिले समन्वय नहुने र त्यसकै कारण काम गर्न ठुलो समस्या हुने गरेको आफूले अनुभव गरेको उहाँले बताउनुभयो । उहाँले आफूले भौतिक काम भन्दा पनि पेपर वर्क बढी गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

उहाँले तीन तहको सरकारबीचको सहकार्य वा समन्वय मात्र नभएर संघीय मन्त्रालय माताहतको शाखा, महाशाखामा समेत समन्वय नहुने भएको उहाँले बताउनुभयो । अब आफूले यो सबै कुरालाई चिर्दै कानुन बनाएर अगाडि बढ्ने अन्तिम चरणमा पुगेको समेत उहाँले सुनाउनुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार