काठमाडौँ । नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रमहरू स्थगित गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । सोमबार सर्कुलर जारी गरी एमालेले कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा
जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको हो । यसका साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको छ । ekantipurबाट