सत्ता गठबन्धन बैठकः चुनाव गर्ने विषयमा थप छलफल ६ गते गर्ने

काठमाडौँ । सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय संयन्त्रको बालुवाटार आज बसेको बैठकमा बैशाखमा निर्वाचन गर्न दलहरु सहमत भएका छन् । स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा रहेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको भएपनि उच्चस्तरीय राजनीतिक समन्वय समितिमा समयमै निर्वाचन गर्न दलहरु सहमत देखिएका छन् । यस विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक पुनः ६ गते बस्ने भएको छ । बालुवमटरमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा समेत छलफल गरेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । उनीहरुको छलफलपनि राजनीतिक समन्वय समितिको बैठक बसेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार