एमालेको सबै सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमा नेकपा (एमाले)ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यलय सञ्चालन गर्न आग्रह गरेका छन् ।

पार्टीको आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता/कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

एमालेले यही माघभित्र प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसंगठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन् ।गत पुस २३ गते हुन नसकेको करिब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार