लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रूपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउन नहुने बताउनुभएको छ ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढंगले प्रयोग गरेको आरोप लगाउनुभयो।

लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार