प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यङ्ग्य

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले व्यङ्ग्य गर्नुभएको  छ ।

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे रु’ भन्दै सामाजिक सञ्जालबाट व्यङ्ग्य हान्नुभएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार