पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्नुभएको छ।अनेरास्ववियू निकट विद्यार्थीहरुले बिहीबार काठमाडौँको अमृत साइन्स क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुभएको हो ।

मूल्यवृद्धिको विरोधमा नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, सरकार बिउझेला हल्ला नगरौं, देउवा सरकारको ठुलो उपलब्धि, अत्यावश्यक सामानहरुको चरम मूल्यवृद्धिलगायतका प्लेकार्ड प्रदर्शन गर्नुभएको थियो।

कोरोना महामारीका बीच दैनिक उपभोग्य सामाग्रीहरुका साथै पेट्रोलियम पदार्थहरुको मूल्यवृद्धि भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अनेरास्ववियू अस्कलका अध्यक्ष रुद्रहरि पोखरेलले बताउनुभयो । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार