स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना गरिएको छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै थापाले स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने बताउनुभएको हो। पहिले स्थानीय तह चुनाव गर्ने कि संघीयरप्रदेश सभा चुनाव भन्ने सत्तागठबन्धनभित्र विवाद छ।

महामन्त्री थापा भने सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउनुहुन्छ । हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अतस्निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ,’ उहाँले भन्नुभएको छ, ‘कांग्रेस प्रष्ट छ– असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने बताइरहेको छ। निर्वाचन आयोगले स्थानीय तहको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे पनि सरकारले मिति घोषणा गरेको छैन।चुनावको मितिबारे छलफल गर्न आजका लागि बोलाइएको सत्तागठबन्धनको राजनीतिक समन्वय समिति बैठक स्थगित भएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार