आगो तापेर बसिरहेका ट्रक चालकको कान काटिदिएपछि…

काठमाडौँ । हतियारधारी व्यक्तिले मोरङमा एक जना ट्रक चालकको कान काटिदिएका छन् । सुन्दरहरैंचा–१२ विराटचोकमा बुधबार राति ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो।

दुई जनाको समूहले खाना खाएर आगो तापिरहेका बेला उनको कान काटिदिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो। उर्लाबारी नगरपालिका–७ घर भएका मुखिया सिमेन्ट लोड गरिएको प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रक लिएर बुढीगङ्गाबाट रङ्गेली हिँडेका थिए। विराटचोकमा पुगेपछि ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खान गएका थिए।

खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला दुई जना आएर कान काटिदिएको जिसीले बताए।काटेको ठाउँमा गहिरो चोट लागेको छ भने कान पूर्णरूपमा छिनाइएको छ। घाइते ट्रक चालकको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कान काटेर भागेका व्यक्तिको पहिचान हुन नसकेको जिसीले बताउनुभयो।हामी खोजी गरिरहेका छौं,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार