एमाले उपाध्यक्ष पोखरेलको प्रश्न : प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उहाँलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।

नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गर्नुभएको छ । उहाँले गठबन्धनको सूत्रधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाउनुभएको छ ।

‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गर्नुभयो। विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्ने केही बोल्छन्, बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमाले उपाध्यक्ष पोखरेलले प्रश्न गर्नुभएको छ ।

२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्‍याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिनुभएको थियो । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार