मंसिरभित्र तीनै तहको चुनाव गराउनेबारे गठबन्धनमा छलफल भइरहेको छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने मंसिरभित्र तीनै तहको चुनाव गराउनेबारे गठबन्धनमा छलफल भइरहेको बताउनुभएको छ।

रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताउनुभएको हो । हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं ।

यसमा छलफल चलिरहेको छ । अहिले देखि नै तयारी गर्नुपर्छ । पार्टी प्रवेश अभियान प्रशिक्षण अभियान चलाउनुपर्छ’, नेपालले भन्नुभयो । २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने उहाँको भनाई छ । संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेकाले एमालेको वितण्डाको अर्थ नरहेको नेपालको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार