गौतम दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उहाँकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उहाँका छोरा हरिश दाहालले जानकारी दिनुभएको छ ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार