राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताउनुभयो । मतदान प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ ।

यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ । राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । गठबन्धनमा १९ सिटमध्ये काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५ ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट उम्मेदवार खडा गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार