मधेश प्रदेशमा ६ जना जनप्रतिनिधिले गरेनन् मतदान

जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उहाँले बताउनुभयो।प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा)बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिनुभएको छ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिनुभएको छ। लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् ।निर्वाचन स्म्पन्न भएपछि ३:३० बजेबाट मतगणनाको प्रकृया शुरु गरिने निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।अनलाइन खबरको सहयोगमा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार