राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो ।

निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । चुनावमा ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् भने सातै प्रदेशका कुल २०२५ मतदातासम्धे २००७ जनाले मतदान गरेका छन् । यसअनुसार १८ जना जनप्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार