कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौँ । कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो ।

अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन बालकोटबाट सुरु गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली दुरी कायम गरेर उपस्थित भएको बताउनुभयो । ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन हामीले बुधबार सप्ताहव्यापी रक्तदानको शुभारम्भ गरेका हौ ।

त्यही सन्दर्भमा अध्यक्षज्यूको पनि स्वास्थ्य लाभको कामना गरेर कार्यक्रमको शुभारम्भ बालकोटबाट भएको हो’, प्रतिनिधि सभा सांसद समेत रहेका बस्नेतले भन्नुभयो, ‘हौसला दिनका लागि अध्यक्ष दुरी कायम गरेरै एक छिन कार्यक्रममा आउनुभएको हो ।’ अध्यक्ष बस्नेतले दुरी कायम गरेर कार्यक्रममा सहभागी भएको भने पनि सार्वजनिक तस्बिरमा भने त्यस्तो देखिँदैन । उहाँले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै सङ्क्रमण नेगेटिभतर्फ उन्मुख रहेको समेत बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार